back
NMB ad

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सोल्टी होटल लिमिटेडले सवा ३० करोड बढी नाफा कमाएको छ ।

होटेलले शुक्रबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा होटेलले ३० करोड १६ लाख ३१ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा २२ करोड ४९ लाख ३३ हजार रुपैयाँ नोक्सानीमा रहेको होटेलले गत आवमा भने खुद नाफा उल्लेख्य वृद्धि गरेको हो ।

गत आवमा कम्पनीको कुल आम्दानी उख्लेख्य मात्रामा बढेकाले खुद नाफामा सुधार आएको छ । उक्त अवधिमा कम्पनीको कुल आम्दानी २०२ प्रतिशतले वृद्धि भई १ अर्ब ३७ करोड १५ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, अघिल्लो आवमा १७ करोड २४ लाख ९२ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको संचालन नाफा पनि गत आवमा भने ३१ करोड ९५ लाख ७५ हजार रुपैयाँ धनात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८९ करोड १२ लाख ९५ हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा कायम भएको छ ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:५३ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...