back
NMB ad

दुई जलविद्युत परियोजना विकासका लागि एनएचपिसी सँग सम्झौता

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको उपस्थितीमा नेपाल सरकार, लगानी बोर्ड र NHPC   Limited , Government of India Enterprise बीच पश्चिम सेती जलविद्युत परियोजना र सेती नदी -६ जलविद्युत परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपिसी लिमिटेडका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गर्नुभयो ।

प्रधानमन्त्रीको अप्रिल २, २०२२ मा भएको भारत भ्रमणका अवसरमा नेपालको जलविद्युत परियोजनाको विकासका लागि सहकार्य गर्ने र भारतका सम्माननीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणको अवसरमा पश्चिम सेती जस्ता महत्वपूर्ण जलविद्युत परियोजना विकासका लागि सक्षम भारतीय कम्पनीहरुलाई आमन्त्रण गरिएको थियो।

सोही आमन्त्रण अनुसार नै भारत सरकारको स्वामित्वमा रहेको सरकारी कम्पनी एनएचपिसी लिमिटेडले वार्ताद्वारा परियोजना विकास गर्ने स्वीकृतिका लागि अनुरोध गरेको थियो। राष्ट्रिय गौरवका रुपमा रहेको पश्चिम सेती तथा सेती नदी-६ परियोजनालाई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९।०२।३१ गते बसेको बैठकले वार्ताद्वारा परियोजना विकास गर्ने सम्बन्धमा एनएचपिसी लिमिटेड लाई परियोजना अध्ययनका लागि स्वीकृति प्रदान गरेको थियो।

परियोजना विकासका लागि एनएचपिसी लिमिटेड सँग वार्ता गरी तयार गरिएको समझदारीपत्रको मस्यौदा लगानी बोर्डको ५२ औँ बैठकले स्वीकृत गरी उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको थियो।

एनएचपिसी लिमिटेडले समझदारीपत्रका व्यवस्था अनुसार परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एवं वातावरणीय, ऊर्जा बजारको सुनिश्चिता, प्रसारण लाइन लगायतका विषयमा अध्ययन गरी विस्तृत परियोजना दस्तावेज तयार गरी २ वर्षभित्र लगानी बोर्ड समक्ष पेश गर्नुपर्नेछ।

यी उर्जा परियोजनाको कार्यान्वयनले नेपालमा उत्पादित विद्युत निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो।

परियोजना विकाससँगै विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश आर्थिक तथा सामाजिक विकासको मूलप्रवाहमा प्रवेश गर्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत  सुशील भट्टले बताउनुभयो। उक्त परियोजनाहरु विकास मार्फत पश्चिम सेती करिडोरमा सडक, प्रसारण लाइन लगायतका पूर्वाधार विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो।

एनएचपिसी लिमिटेडकाका अध्यक्ष तथा प्रबन्ध निर्देशक  अभयकुमार सिंहले समझदारीसँगै एनएचपीसीको नेपालसँग सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको उल्लेख गर्दै उक्त जलविद्युत परियोजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त अवसरमा मन्त्रीहरू, संघीय संसद माननीय सदस्यहरु, उच्च पदस्थ सरकारी अधिकारीहरू, लगानी बोर्डका सदस्यहरू, भारतीय दुतावासको उच्च पदस्थ अधिकारीहरु, स्थानीय तहका प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:५९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...