back
NMB ad

बैंकिङ्ग सेवा बन्द हुने सम्बन्धि सिद्धार्थ बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको कोर बैकिङ्ग सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्याउने क्रममा भदौ १७ गतेदेखि भदौ १९ गतेसम्म बैकिङ्ग सेवाहरु बन्द हुने जनाएको हो ।

कोर बैकिङ्ग सिस्टम परिर्वतनपश्चात ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैकिङ्ग कारोबार उल्लेखित मिति अगावै गर्न ग्राककलाई बैंकले आग्रह गरेको छ ।

बैंकका अनुसार भदौ १७ गते शुक्रबार सन्ध्याकालिन काउन्टरहरु, भदौ १८ गते शनिबार बिदा काउन्टरहरु, भदौ १९ गते आइतबार सम्पूर्ण बैकिङ्ग कारोबारहरु र भदौ १७ गते शुक्रबार बेलुका ६ बजेपश्चात इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग सेवाहरु, एटिएम कार्ड, रेमिट्यान्टस लगायतका सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछन् ।

वि.सं.२०७९ भदौ १६ बिहीवार ११:३८ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...