back
NMB ad

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले माग्यो पर्यटनमन्त्री श्रेष्ठको राजीनामा, गुरुङलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

Kumari bank ad

काठमाडौं । पुर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ ।

मन्त्री श्रेष्ठले ठमेलस्थित भिएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको भन्दै परिषदले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमार्फत पत्रकार सम्मेलन गरेर राजीनामा माग गरेको हो ।

शुक्रबार सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय गुरुङमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । सोही आरोपमा गुरुङ यतिवेला प्रहरी हिरासतमा छन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दाअन्तर्गत पाँच दिनको म्याद थप गरेको छ । उनलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष कोमलबहादुर राउतले गुरुङमाथि राज्यले गरेको व्यवहार निन्दनीय कार्य भएको टिप्पणी गरे । वर्षौं नेपाली सेनामा बिताएका सेनाहरुले बाँच्नको निम्ति आज अर्काको ढोका कुर्न बाध्य भएको उल्लेख गर्दैै त्यसमाथि पनि राज्यले नै अपमान गर्नु निकै दुःखद् भएको उनको भनाइ थियो । कामको सिलसिलामा कार्यालयको नियमानुसार चल्दा सुरक्षाकर्मी अपहेलित हुनपरेको उनले सुनाए ।

उनले मन्त्री श्रेष्ठ पनि दोषी हो भन्दै उनलाई पनि कठघरमा हालेर छानबिन गर्नुपर्ने माग गरे । भोलिसम्म (२४ घण्टाभित्र)मा गुरुङलाई रिहा नगरे परिषदले आन्दोलनका कार्यक्रमहरु तय गर्ने समेत उनले चेतावनी पनि दिएका छन् । उनले आन्दोलनको लागि तयारी अवस्थामा रहनसमेत सम्बद्ध सबै पक्षलाई आग्रह गरे ।

परिषद्का केन्द्रीय सदस्य विक्रम पाण्डेले गुरुङमाथि कारवाही गरेर राज्यले सम्पूर्ण सुरक्षाकर्मीको अपमान गरेको आरोप लगाएका छन्। उनले थुनामा रहेका पुर्व आर्मीका जम्दार गुरुङले आफुसँगको कुराकानीमा सुरक्षा गार्डको भूमिकामात्रै निभाएको प्रतिक्रिया दिएको सुनाए । पाण्डेले गुरुङले आफ्नो कर्तव्य निर्वाहको क्रममा मन्त्री श्रेष्ठ र उनकी पत्नी छायाँ सेन्टरको भिएफएस ग्लोबलभित्र पसिसकेपछि हतियार बोकेका मन्त्रीका बडीगार्डलाई भित्र जान नदिएर राम्रो काम गरेको भन्दै प्रंसशासमेत गरे । उनले भने,‘जुन कार्यालयको पनि आफ्नै सुरक्षा, नियम र जिम्मेवारी हुन्छन् । सो क्रममा उहाँले आफ्नो ड्युटी निभाउनुभएको हो । म उहाँको भूमिकालाई लिएर प्रशंसा नै गर्छु ।’

मन्त्रीको बडीगार्डले सुरक्षाकर्मीलाई जे पनि गर्नसक्ने भन्दै गुरुङलाई धम्की दिएको उनले बताए । भिभिआइपी आउनेबारे सबैभन्दा पहिला सुरक्षा गार्डलाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।
उनले मन्त्रीले टिभीमा गुरुङलाई पक्राउ गर्न आफुले निर्देशन नदिएको प्रतिक्रिया दिएपनि उक्त कुरा शतप्रतिशत झुटो भएको दाबी गरे । मन्त्रीको यो कार्यलाई लज्जास्पद कार्यको संज्ञा दिँदै उनले भने,‘मन्त्रालयले नै गुरुङलाई समात्न लगाएको हो ।’

यसैगरी, राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष प्रकाशजंग कार्कीले मन्त्री श्रेष्ठसँग आफ्नो जिम्मेवारी र आफू ‘जनताको सेवक हँु’ भन्ने भावना नभएको भन्दै आलोचना गरे । कार्कीले मन्त्री श्रेष्ठले दैनिक गुजारा चलाउनको लागि सुरक्षागार्डको जागिर खाएका पूर्व सुरक्षाकर्मीमामाथि राम्रो व्यवहार नगरेको आरोप लगाए । उनले मन्त्रीलाई अब पदमा बस्ने अधिकार नरहेको भन्दै राजीनामासमेत मागे । उनले भने,‘२० वर्ष नेपाली सेनामा काम गरेको व्यक्तिले कुनै पनि अनुशासहीन काम गर्नै सक्दैन ।’

मन्त्री श्रेष्ठले मिडियामा आएर गल्ती स्वीकारेमा जनताले माफी दिने पनि बताउ । तर, मन्त्रीले गल्ती नस्विकारे देशभरका पुर्व सुरक्षाकर्मीहरु सडकमा आउन बाध्य हुने पनि उनको चेतावनी थियो । उनले भने,‘अब देश बचाउनका लागि हामी सडकमा नउत्रिकन सुखै छैन् ।’

त्यस्तै, पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले सुरक्षागार्ड गुरुङलाई थुनामा राखेर राज्यले नेपाली सेनामाथि नै अन्याय गरेको भन्दै तत्काल गुरुङको रिहाईको माग गरेका छन् । उनले उक्त विषयमा ‘रूल अफ ल’ मा रहेर छानबिन गर्न प्रधानसेनापति प्रभुराम शर्मासमक्ष आग्रह गरे ।
गुरुङलाई पक्राउ गर्नु राज्यप्रदत्त आतंक भएको उल्लेख गर्दै उनले भने,‘यो आतंककारी काम हो ।’ उनले मन्त्री श्रेष्ठलाई आतंककारीको संज्ञा दिए ।

उनले भने,‘जसलाई मन्त्रीको अनुशासन थाहा छैन, त्यो आतंककारी हो । देशभक्त र इमानदार कार्यरत रोजीरोटीमा लागेको जम्दार गुरुङलाई दरबारमार्गबाट झुटा मुद्दा लगाएर अपहरण गरिएको छ । राज्यले तुरुन्त उहाँलाई न्याय दिनुपर्छ ।’

वि.सं.२०७९ भदौ २० सोमवार १६:५७ मा प्रकाशित

You can share this post!

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...