back
NMB ad

आइएमई पेसँग डिजिटल दशैं तिहार, आइएमई पे मार्फत डिजिटल भुक्तानी गर्दा लाखौंको उपहार

Kumari bank ad

काठमाडौं । महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७९ साला आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ ।

नेपालको सर्वश्रेष्ठ अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोड देखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिनेछ ।

आइएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिनेछ । अफर अवधि भरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउनुहुनेछ ।

चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५% छुट र हिमाल डेन्टलमा १५% छुट पनि प्राप्त गर्न सक्नुहुनेछ । साथै आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउनुहुनेछ ।

दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यम मार्फत हुनेछ । सम्पूर्ण विजेताहरुले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नु हुनेछ ।

उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाइसि प्रमाणित गर्नु पर्ने नियम कम्पनीले स्पष्टाएको छ । यस्का साथै आइएमई पे एपमा क्यास –इन र क्यास–आउट बाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ । यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...