back
NMB ad

अमट्रेड प्रालीद्वारा लुमिनसको प्रथम र दोस्रो त्रैमासिकका स्टार डिलरहरु सम्मानित

Kumari bank ad

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले बाकु, अजरबैजानमा हालै डिलर कन्फरेनस् २०२२ सम्पन्न गरेको छ । अमट्रेड प्रालीले उक्त कार्यक्रममा आफ्नो बार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक त्रैमासिकमा उच्च कारोवार गर्ने डिलरहरुलाई स्टार डिलर अफ द क्वार्टरद्वारा सम्मान प्रदान गरेको छ।

सो कार्यक्रममा अमट्रेड प्रालीका सञ्चालन प्रमुख योगराज ढुंगाना र लुमिनस पावर टेक्नोलोजी प्रालीका गौरव शर्माले पोखराका भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिलाई २०२२ को प्रथम क्वार्टरको स्टार डिलर अवार्ड प्रदान गर्नुभयो भने दोस्रो त्रैमासिकमा उच्च कारोवार गर्ने न्यूरोड, नारायणघाटका नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सका संचालक मान बहादुर अधिकारीले २०२२ को दोस्रो क्वार्टरको स्टार डिलर अवार्ड प्राप्त गर्नुभयो ।

सो कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालि र नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सलाई स्टार डिलर अवार्ड, प्रमाणपत्र र रु २५००० बराबरको को उपहार भौचरद्वारा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सका संचालक अधिकारीले लुमिनस परिवार लगायत सम्पुर्ण लुमिनस ब्राण्डलाई बिश्वास गर्ने आफ्नो सबडिलर, ग्राहक र शुभचिन्तकहरुलाई धन्यबाद दिँदै आउँदा दिनहरुमा उहाँहरुको साथ सहयोग र सम्बन्ध अझ प्रगाढ रहने पनि बताउनुभएको छ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १७:३३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...