back
NMB ad

३१ औं रियो ओलम्पिक ब्राजिलमा सुरु !

Kumari bank ad

काठमाण्डौं । ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलमा सुरु भएको छ । नेपाली समयअनुसार शनिवार बिहान ८ बजेर ४० मिनेटमा रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा उपस्थित ७८ हजार दर्शकमाझ ओलम्पिकको ज्योती प्रज्वलन गरेपछि गृस्मकालीन ओलम्पिकको ३१ औं संस्करण ब्राजिलमा सुरु भएको हो ।

आधुनिक ओलम्पिकको १ सय १२ बर्ष लामो इतिहासमा दक्षिण अमेरिकी राष्ट्रले पहिलो ओलम्पिकको आयोजना गर्न लागेको हो। विश्वका २ सय ६ राष्ट्रका करिब ११ हजार खेलाडी, प्रशिक्षक र पदाधिकारीले १७ दिन रियो ओलम्पिकमा ब्राजिलको आतिथ्यग्रहण गर्नेछन्।

यसपालि ३ सय ८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। यस्तै, संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनको पहलमा पहिलो पल्ट शरणार्थीहरूको छुट्टै टिमले भाग लिदैँछन्। मार्चपास कार्यक्रममा आयोजक ब्राजिलभन्दा अगाडि शरणार्थीको १० खेलाडीले ओलम्पिक कमिटीको झन्डामुनी मार्चपास गरे। यस अवसरमा वान कि मुन पनि माराकाना रंगशालामा उपस्थित थिए। रियोमा सिरियाका २, दक्षिण सुडानका ५, कंगोका २ र इथोपियाका १ शरणार्थी खेलाडी सहभागी छन्।

४ घण्टा लामो उद्घाटन कार्यक्रममा ब्राजिलले आफ्नो मौलिक परम्पराको माध्यमले संसारको ध्यान तान्यो। उद्घाटन सत्रमा इथोपियाका ख्यातीप्राप्त धावक अबेबे बाकेलालाई आइओसीले विशेष अवार्डबाट सम्मान गर्यो । सन् १९६० को रोम ओलम्पिकमा जुत्ताको साइज नमिलेपछि उनी खाली खुट्टै दौडिएका थिए। जसमा उनी स्वर्ण जित्न सफल भए। त्यसको ४ वर्षपछि टोकियोमा भएको अर्को ओलम्पिकमा जुत्ता लगाएर दौडिएका अबेबेले पुनः स्वर्ण जितेका थिए।

नेपालकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले नेपाली झन्डा बोकेर मार्च पास गरेकी थिइन्। यस्तै, गत ओलम्पिकमा सर्वाधिक मेडल जित्ने चीनका फेन्सिङ च्याम्पियन ली सेङले मार्चपास गरे। सेङ सन् १९८४ पछि बास्केटबल बाहिरबाट ओलम्पिकमा देशको झन्डा बोक्ने पहिलो खेलाडी बनेका छन्। यसअघि चीनले भाग लिएको सवै ओलम्पिकमा बास्केट खेलाडीले मात्र झन्डा बोकेका थिए। चीनले पहिलो पल्ट देशबाहिर ४ सय १६ खेलाडीको जम्बो टोली पठाएको छ।

अमेरिकाका लागि कीर्तिमानधारी पौडी खेलाडी माइकल फ्लेप्सले झन्डा बोके। पछिल्लो ३ ओलम्पिकमा आफ्नो स्पर्धाका कारण उनले मार्चपासमा भाग लिन पाएका थिएनन्। उनी ओलम्पिकमा देशको झन्डा बोक्ने दोस्रो पौडी खेलाडी हुन्। यसअघि सन् १९७६ को मन्ट्रियल ओलम्पिकमा गेरी हलले मार्च पास गरेका थिए।
ब्राजिलका लागि २ स्वर्ण जितेका सेलिङ खेलाडी रोबर्ट चाइदले खेलाडीको तर्फबाट सपथ लिएका थिए।

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १०:५१ मा प्रकाशित

You can share this post!

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...