back
NMB ad

हवाइमार्गले जोडेको गन्तव्य, तर उडान भर्ने जहाज छैनन्

Kumari bank ad

सुर्खेत। सडक पहुँच नभएको हुम्लादेखि हिमाली जिल्लाहरूमा हवाइमार्गले नै जोड्दै आएको छ । हवाइमार्ग भारी रकम भुक्तान गरेर पनि जान र आउन फलामको चिउरा चपाएझैँ हुँदै आएको छ ।

सडक यातायातको सहज पहुँच नभएको डोल्पामा जाने र आउने अधिकांश यात्रुहरूले हवाइ सोव नै प्रयोग गर्दै आएका छन् । कर्णालीमा हवाइ यात्रा विदेशी मुलुकमा जाने रकमभन्दा बढी कायम हुँदै आएको छ । जुम्ला, मुगु र हुम्लामा समेत हवाई यातायातको उस्तै समस्या छ ।

कर्णालीमा उडान भर्दै आएका निजी प्रदायक कम्पनीका हवाइ जहाजहरुले पूर्वतिर उडान भरेपछि यता समस्या परेको हो । डोल्पाा ठूलिभेरी नगरपालिकाकी भीमा केसीले कर्णालीमा हवाइ जहाज उडान भर्नका लागि पर्यटनमन्त्रीले ध्यान दिनुपर्ने सामाजिक सञ्जालमा पीडा पोखेकी छन् ।

लामो समयपछि नेपाल वायुसेवा निगमको जहाजले डोल्पामा बुधबार एक पटक मात्र उडान भर्न लागेको छ । डोल्पा उडान भरेर काठमाडौँ उडान गर्ने तयारी रहेको छ । कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् ।

चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ । कर्णालीका लागि न भरपर्दो हवाइसेवा छ, न त सुरक्षित सडक यात्रा नै । दसैंतिहारजस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

नेपाल एयरलाइन्सले पनि नियमित तालिकाअनुसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । जुम्ला सडक यातायातको पहुँचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाइ यतायातकै बढी प्रयोग हुने गरेको छ ।

हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाइ कम्पनीका जहाजहरू पनि दसैं तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् । जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट बञ्चित भएका हुन् ।

हप्ता दिनअघि मात्र जुम्लास्थित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नको लागि पहल गर्न माग गरिएको बताए ।

भौगोलिक रुपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाइ यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाइ सेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...