back
NMB ad

प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् २६ निर्वाचन क्षेत्र

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ ।

पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् ।

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् ।

पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदावरले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

उम्मेदवारले प्रचार–प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ–१, पाँचथर–२, संखुवासभा–१, सोलुखुम्बु–१, खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१, काभ्रेपलाञ्चोक–२, मकवानपुर–१, मकवानपुर–२, गोरखा–१ र लमजुङ–१ रहेका छन् ।

यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची–१, रोल्पा–१, प्यूठान–१, दाङ–१, बर्दिया–१, बर्दिया–२, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१, डोटी–१ र बैतडी–१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् ।

वि.सं.२०७९ कात्तिक १ मंगलवार १२:२८ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...