back
NMB ad

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँड हुने मिति सर्यो, अब कहिले ?

Kumari bank ad

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार कार्तिक १७ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहीबार कार्तिक १७ गते बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।

यस अघि कार्तिक १८ गते शुक्रबार बाँडफाँड हुने भनिएको थियो । यता, इस्टर्न हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २५.२१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।

जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।  यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।

यो आइपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको हो ।

यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन व्यवस्था थियो ।

रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...