back
NMB ad

नेपाल बैंक र दराज बीच सम्झौता

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमु बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना मिति २०७९ कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ ।

कार्तिक १७ गते नेपाल बैंक प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता अनुसार नेपाल बंैकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।
नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

यहि कार्तिक ३० गते आउदै गरेको आफ्नो ८६ औं बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्य रुपमा मनाउने क्रममा डिजिटल बैंकिङ् सेवाहरुमा आकर्षक छुटका योजनाहरु ल्याएको हो ।

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ११:०६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...