back
NMB ad

नम्बर फेरेर सरकारी गाडी दुरुपयोग गर्ने मन्त्री चौधरीको गाडी तानियो

Kumari bank ad

इन्दिप कोइराला, बारा । सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको छ ।

आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेपछि आयोगले गडी नियन्त्रणमा लिएको हो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका थिए । आचारसंहिताले सरकारी गाडी प्रयोग गर्न रोक लगाएपछि मन्त्री चौधरीले निजि नम्बर नम्बर प्लेट राखेर चलाउने जुक्ती लगाएका हुन् ।

मन्त्री चौधरीले प्रयोग गरेको उक्त निजि नम्बर मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो जिपको हो । उक्त जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । खानेपानी मन्त्रालयकै प्रयोगमा रहेको उक्त जीपको नम्बर मन्त्री चौधरीले आफू चढ्ने सरकारी गाडीमा राखेका हुन् ।

सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर प्रयोग गर्दै आएका मन्त्री चौधरी प्रहरी सुरक्षा घेरामा नेपाली कांग्रेसको झण्डा राखेर चुनावी प्रचारमा हिड्ने मन्त्री चौधरीलाई स्कर्टिङ दिने प्रहरी नम्बर प्लेट परिवर्तन भएको सम्बन्धमा अनविज्ञ रहेको र मन्त्री चौधरीले पद र सरकारी गाडीको दुरुपयोग गरेको खबर बाहिरिएपछि आयोगले उनीसंग स्पष्टीकरण माग गरेको खबरप्राप्त भएपच्यात प्रहरीले थहाँ पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।

यता जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिई खानेपानी मन्त्रालयमा फिर्ता पठाएसकेको जानकारी दिए ।

सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले कार्तिक ५ गते २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार २१:०६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...