back
NMB ad

नेपाल पाकिस्तान मैत्रीपूर्णः भाग्यशाली दर्शकले विश्वकप हेर्न पाउने

Kumari bank ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा दर्शक बढाउने हेतुसहित आकर्षक पुरस्कार घोषणा गरेको छ । एन्फाले खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको बताएको हो । पत्रकार सम्मेलनमार्फत एन्फाले एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो ।

यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नु पर्नेछ । यसका लागि एन्फाले ८० सिट छुट्याएको छ । खेल दशरथ रंगशालामा ३० कात्तिकमा साझ ५ बजे सुरु हुनेछ । यसैगरी एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको हो ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार नेपाल आइपुग्नेछ । फिफा प्रतिबन्ध फुकुवापछि पाकिस्तान आठ वर्षयता अन्तर्राष्ट्रिय मैदान फर्कन लागेको हो । पाकिस्तानविरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवालले सम्हाल्नेछन् ।

यसअघि नेपालले ११ असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३–१ले विजयी भएको थियो ।

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १४:२० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...