back
NMB ad

नेपाल टेलिकमको निर्वाचन अफर उपलब्ध, यस्ता छन् सुविधा

Kumari bank ad

काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार १२:३२ मा प्रकाशित

You can share this post!

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...