back
NMB ad

विश्वमा आठ अर्ब जनसंख्या : आधा जनसंख्या यी ७ देशमा केन्द्रित

Kumari bank ad

न्युयोर्क । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार पृथ्वीमा अहिले आठ अर्ब मानिस बसोबास गर्छन् । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ ।

भारत सन् २०२३ मा चीनलाई उछिन्ने बाटोमा रहेको प्रतिवेदनमा उल्लेख छ । ब्लुमवर्गको  प्रतिवेदनअनुसार आधा जनसंख्या अझै पनि सात देशमा बस्छ । ती देशहरूः चीन, भारत, अमेरिका, इन्डोनेसिया, पाकिस्तान, नाइजेरिया र ब्राजिल हुन् ।

संयुक्त राष्ट्रसंघले ८ अर्बको अंकलाई ‘मानवताका लागि ऐतिहासिक कोशेढुंगा’ भनेको छ । ‘यो अभूतपूर्व वृद्धि जनस्वास्थ्य, पोषण, व्यक्तिगत सरसफाइ र औषधिमा भएको सुधारका कारण मानव आयुमा क्रमिक वृद्धि भएको कारण हो ।’ राष्ट्रसंघले भनेको छ ।

सन् २०१९ मा विश्वव्यापी औषत आयु ७२ दशमलब ८ वर्ष थियो, जुन सन् १९९० पछि करिब ९ वर्षको वृद्धि हो । सन् २०५० सम्म औषत आयु ७७ दशमलब २ वर्ष हुन सक्ने वर्तमान प्रक्षेपणहरूले विश्वास गर्छन् ।

९ अर्ब पुग्न १५ वर्ष लाग्ने भएता पनि सन् २०८० सम्ममा १० अर्ब जनसंख्या पुग्ने  राष्ट्रसंघले अपेक्षा गरेको छैन, जुन विश्वव्यापी जनसंख्याको समग्र वृद्धि दर सुस्त भएको संकेत हो । प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा जनसंख्यामा गिरावट न्युन र घट्दो प्रजनन स्तरको कारण हो ।

विश्वव्यापी जनसंख्या बृद्धि उप–सहारा अफ्रिका जस्ता विश्वका केही गरिब देशहरूमा बढी केन्द्रित देखिन्छ । तर, प्रतिव्यक्ति उच्च आय हुने देशहरूमा तीब्र रूपमा बढ्दो जनसंख्या नहुन सक्छ ।

जुलाई ११ मा विश्व जनसंख्या दिवसमा जनसंख्या वृद्धिबारे बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए, ‘यस वर्षको विश्व जनसंख्या दिवस एक कोशेढुंगा वर्षमा पर्दछ, जब हामी पृथ्वीको आठ अर्ब बासिन्दाको जन्मको अनुमान गर्दछौं । यो उत्सव मनाउने अवसर हो । यो हाम्रो विविधतालाई मनाउने, हाम्रो साझा मानवतालाई चिन्ने, र स्वास्थ्यमा भएको प्रगतिमा आश्चर्यचकित गर्ने अवसर हो, जसले आयु बढाएको छ र नाटकीय रूपमा मातृ र बाल मृत्युदर घटाएको छ ।‘

वि.सं.२०७९ कात्तिक ३० बुधवार १२:१० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...