back
NMB ad

१२.९९ प्रतिशतले बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको नाफा, खुद बिमा शुल्क १ अर्ब ३७ करोड

Kumari bank ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।यस अवधिसम्म आइपुग्दा इन्स्योरेन्सको नाफा १२.९९ प्रतिशतले बढेर ७ करोड ३ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड २२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन पनि १२.८० प्रतिशतले बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

लगानी कर्जा, कमीशन आयबाट कम्पनीले ४७ प्रतिशतले बढ्दा २४ करोड ६१ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ।

समिक्षा अवधिमा जगेडा कोष २२.०८ प्रतिशतले वृद्धि भएको छ । अभिकर्ता कमीशनको आधारमा हेर्ने हो भने ७ प्रतिशतले घटेको तथ्यांकमा देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ७ करोड ३ लाख रुपैयाँ खुद नाफामा रहेको छ ।

जीवन बिमाको आकार ५६.२४ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ४ अर्ब २४ करोड ५५ लाख ४८ हजार रुपैयाँ थियो । चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ ।

वि.सं.२०७९ कात्तिक ३० बुधवार १३:५९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...