back
NMB ad

महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा

Kumari bank ad

बिशाल बस्नेत, महोत्तरी । लोसपा अध्यक्ष महन्थ ठाकुरको विरासत संकटमा परेको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि ठाकुरका बारे विभिन्न अडकलबाजी सुरु हुन थालेकाे छ ।

देशैभरिको मतगणनाको अवस्था हेर्दा चर्चित नेताभन्दा स्थानीय जनमानसमा भिजेको नेतालाई जनताले रुचाएको देखिएको छ । यसअघिको निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित भएका ठाकुरले जनतामा खासै प्रभाव छाडन सकेनन् ।

काठमाडाैं केन्द्रित हुने र गाउँलाई भुलिदिने चरित्रले जनताले यसपालि सजाय नै दिने हुन कि भन्ने पनि प्रसस्त अडकलबाजी छन् । लोसपाको बलियो सांगठानिक संरचना रहेका ठाउँहरूमा समेत ठाकुर पछाडि परेपछि कतिपय स्थानीयले पराजयको संकेत हुनसक्ने बताएका छन् ।

जिल्लामा अहिले तीन जना हेभिवेट नेता चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. १ मा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, क्षेत्र नं. २ मा सरद सिंह भण्डारी र क्षेत्र नं. ३ मा महन्थ ठाकुर छन् ।

तीनै जना नेताको राष्ट्रिय राजनीतिमा गर्विलो विरासत छ । उप-प्रधानमन्त्री समेत भैइसकेका महन्थ ठाकुर हुन् वा दर्जनभन्दा बढी पटक मन्त्री बनेका सरद सिंह भण्डारी हुन् वा दुई पटक शिक्षा, स्वास्थ्य मन्त्री बनिसकेका गिरिराजमणि पोखरेल हुन् ।

उनीहरूले राष्ट्रिय राजनीतिमा राम्रो छाप छाड्न सफल छन् । प्रम्भिक मतगणनामा यि नेतहरूमध्ये दुई जना महन्थ ठाकुर र गिरिराजमणि पोखरेल सकसमा छन् भन्ने प्रमाणित भएको छ ।

पोखरेलभन्दा पनि महन्थ ठाकुरको विषयलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । क्षेत्र नं. १ मा ‘ख’ बाट मतगणना गरिएको हुनाले लक्ष्मी महतोले अग्रता लिनुलाइ माओवादी केन्द्रका नेताले पनि स्वभाविक ठानेका छन् ।

किन की जहाँ-जहाँ मतगणना भएको छ त्यो महतोको मातृ क्षेत्र हो । राम्रो प्रभाव भएको उक्त क्षेत्रमा अझ आंकलन भन्दा कम मत आएको हुनाले पोखरेललाई फाइदा नै पुगेको स्थानीयहरू बताउँछन् ।

यता भण्डारीले भने पारम्भिक चरणमा अग्रता लिएको र अन्य क्षेत्रमा समेत मतदाताहरूको नजरमा राम्रो उम्मेदवारको रुपमा पर्ने भएकाले भण्डारीको जित सुनिस्चित भएको नेताहरु बताउँछन् ।

वि.सं.२०७९ मंसिर ७ बुधवार १३:०४ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...