back
NMB ad

पाँच हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले सुपरमाई हाइड्रोपावर, एशियन हाइड्रोपावर, माया खोला हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

सुपरमाई हाइड्रोपावर

सुपरमाई हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

एशियन हाइड्रोपावर

एशियन हाइड्रोपावरले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्कासन हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

माया खोला हाइड्रोपावर

माया खोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले पनि उक्त शेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सुपर मादी हाइड्रोपाव

सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि उक्त शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 शुभम पावर

शुभम पावरले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

वि.सं.२०७९ मंसिर ८ बिहीवार १९:१७ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...