back
NMB ad

आज ९ मंसिर २०७९ शुक्रबार, यस्तो छ आजको राशिफल

Kumari bank ad

आजको पात्रो : ९ मंसिर २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर महिनाको २५ तारिक २०२२ । मार्गशुक्लपक्ष द्धितीया, बालव करण, ज्येष्ठा नक्षत्र, सुकर्मा योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः३२ र सूर्यास्त ५ः१० मा हुनेछ ।

आज बिहान १०ः३२ देखि ११ः५२ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला । आजका देवता इन्द्र र ग्रहदेव मंगल हुन् । आजको दिन आर्थिक लगानीहरु गर्नु उपयुक्त हुँदैन । पश्चिम दिशातर्फको लामो यात्रा नगर्नुहोला । नयाँ कपडा र नयाँ बस्तु खरिदको लागि दिन शुभ रहेको छ । आजको दिन साँझको समय देवालय यात्रामा जानु होला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
तपाईलाई रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपाईको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको सदन दिन कष्ट आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ । एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले तपाईलाई अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । कन्या राशिका जातकले स्त्रीबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको धन राशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभ यो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन सफलता मिल्नेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । नयाँ कार्ययोजना बनाउनुहोस् । सूर्योदयको दर्शन गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०६:१७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...