काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयांले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदीको मूल्य पनि १० रुपैंयाले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १०:५४ मा प्रकाशित