back
NMB ad

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच सम्झौता

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्ययन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राट्रिय विमानस्थलमा हुने सम्पुर्ण बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने भएको छ ।

बूधबारका दिन नेपाल नागरिक उयन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्दै बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्तले बैंकका तर्फबाट विमानस्थलमा हूने बैंकिङ सम्बन्धि कारोबारमा कूनै गूनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नूभएको थियो ।

त्यसैगरी नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका प्रमुख विक्रमराज गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्नेछ र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्ययन प्राधिकरणको देखिको सम्बन्ध थप प्रगाढ बन्दै जानेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाल बैंक लिमिटेड, गण्डकी प्रादेशिक कार्यालयका प्रमूख प्रतिमा श्रेष्ठ, नेपाल बैंक लिमिटेड मार्केटिङ एण्ड रिसर्च डिभिजन प्रमूख अर्जून बहादूर कंडेल,नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखाका शाखा प्रबन्धक चतुर्भुज अर्याल, पोखरा अन्तराष्ट्रिय विमानस्थलका कर्पोरेट शाखा प्रमुख तथा उपप्रबन्धक विष्णु प्रसाद अधिकारी लगायत दुबै संस्थाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:१६ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...