back
NMB ad

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

Kumari bank ad

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत , उपप्रमुख सरिता सिंह लगाएत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी एक्कासी भानुभक्त माध्यामिक विद्यालय नलगाड-४ मा पुगे ।

चुनावपछि विद्यालयको शैक्षिक क्रियाकलाप कसरी अगाडि बढेका छन् भन्दै छड्के जाँचका लागि नगरपालिकाको टाेली विद्यालयमा पुग्दा त्यहाँ सबै छक्क परे । विद्यालयको कार्यालयभित्र प्रवेश नगरी नगरको टाेली विद्यार्थी पढिरहेको कक्षा कोठामा प्रवेश गरेपछि कक्षा कोठामा पढाइ रहेका विषयगत शिक्षक छक्क परे ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले पालैपालो विद्यार्थीलाई प्रश्न सोधेर सही जवाफ अपेक्षा गरियो , केहीले सही दिए त केहीले, उत्तर दिन सकेनन् ।

तीन वर्ष अघिसम्म विद्यालयको विनीसम्म रहेका गिरी अहिले उपसचिव भएपछि नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । शिक्षासम्बन्धी राम्रो ज्ञान अनुभव प्राप्त गरेका उससचिव गिरीले विद्यार्थीको मानसिकता र शैक्षिक अवस्था कक्षा कोठामै गएर बुझेर  विद्यालय प्रशासनसँग छलफल गरी बेलुकीपख टाेलीसहित नगरपालिकामा फर्के ।

बुधबार नगरपालिकाको प्रशासकीय केन्द्र रहेको नलगाड-७ दल्लीमा रहेको पुरानो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयको निरीक्षण भयो ।

भानुभक्त मावि लहँको जस्तै त्रिभुवन मावि दल्लीको अवस्था देखिएपछि उपसचिव गिरीले लिखित र सामाजिक सञ्जालमा लामो सुधारको उपाय लेख्दै सुझाव समेत दिएका छन् ।  नगरप्रमुखको नेतृत्वमा पालिकाभित्रका सबै मावि विद्यालयहरुको अनुगमन र अवस्था बुझेर थप सुधारको लागि निस्कर्ष निकाल्ने योजनामा नगरपालिका रहेको छ ।

राज्यले गरेका लगानी अनुसार प्रतिफल नआएको विषयमा समेत व्यापक छलफल भएको उपसचिव गिरीले जानकारी दिए ।  नलगाडमा रहेका सबै मावि, आधारभूतसँगै सबै विद्यालयको अनुगमन जारी रहेको छ ।

शिक्षा क्षेत्रमा प्रगति हुन सकेन भने मानव विकासको लागि बनेका विद्यालयहरूबाट अपेक्षित नतिजा हासिल हुन नसक्नुका साथै अझै धेरै पछाडि पर्ने निश्चित रहेको गिरीले बताए । विद्यालय र शिक्षाकाे सुधारमा ७० प्रतिशतभन्दा बढी भूमिका शिक्षकसँग नै जोडिने उनकाे भनाइ छ ।

अहिलेका नीति निर्माण तहमा पुग्नेहरु यिनै विद्यालयका उत्पादन भएकाले यसमा सबैको ध्यान पुग्नु जरुरी भएको नगरप्रमुख डम्मर रावतले बताए ।

कक्षा कोठा अनुगमन केन्द्रीत बनाएको उक्त टोलीले शिक्षाका हरेक पाटाहरुको समाधान खोज्ने प्रयास गरिरहेको  बताएको छ । कक्षा कोठामा शिक्षकले पढाउदा विद्यार्थीको ध्यान कता केन्द्रित भएको छ भन्नेदेखि सिद्धान्तलाई व्यवहारमा जोड्न सिक्ने विषयमा अध्ययन भइरहेको छ । बालबालिकालाई व्यवहारिक ज्ञान आर्जनको विषयमा समेत चासो दिइएको छ ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...