back
NMB ad

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । उक्त दिन  फर्स्ट  माइक्रोफाइनान्स र अरुण भ्याली हाइड्रोपावरले लाभांश घोषणा गरेको हुन् ।

फर्स्ट माइक्रोफाइनान्स

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १९ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफा र सञ्चितीबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...