back
NMB ad

उपत्यकामा ३० साझा बस थप्न र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन !

Kumari bank ad

काठमाण्डौं । पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पुर्‍याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गरे।

साझा यातायातले उपत्यकामा ३० वटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन।

‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन्। जनतालाई राहतको अनुभूति दिन आवश्यक छ। काठमाडौँको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णय गर्नुस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले बताए।

प्रधानमन्त्री दाहालले सम्बद्ध पक्षसँग छलफल र गृहकार्य गरेर कम्तीमा ३० वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराए।

साझा यातायातका कामु निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका छन्।

उपत्यकामा साझाका थप ३० बस सञ्चालन हुँदै
इतिहास बोकेको साझा यातायातले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै उपत्यकामा थप ३० वटा बस सुरु गर्ने तयारी गरेको छ।

साझा यातायातका कामु निर्देशक पाण्डेका अनुसार ढिलोमा असोजको पहिलो सातादेखि उपत्यकामा साझाका नयाँ बस गुढ्नेछन्।

प्रधानमन्त्री दाहालसँगको छलफलमा साझालाई थप वृहत्तर बनाइ उपत्यका बाहिर कसरी सेवा विविधिकरण गर्ने भन्नेबारे पनि छलफल भएको छ ।

साझाको सेवा विविधिकरण गर्नेबारे प्रधानमन्त्री सकारात्मक हुनुभएको र त्यसका लागि आवश्यक सबैखाले सहयोग गर्ने बचन दिनुभएको कामु निर्देशक पाण्डेले उल्लेख गरे।

साझाले हाल उपत्यकामा तीन वटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।

अब आउने नयाँ ३० वटा बस पनि अहिले भइरहेका रुटमा केही र अन्य रत्नपार्कदेखि भक्तपुर रुटमा गुडाउने साझाको तयारी छ।

प्रकाशितः २०७३ भदौ २

वि.सं.२०७३ भदौ २ बिहीवार १३:११ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...