back
NMB ad

संघीयतापछिका दुई निर्वाचनको लेखाजोखा : कांग्रेसलाई फाइदा, चार पार्टीको उदय, एक विघटन

Kumari bank ad

विष्णु रैगाईं, काठमाडौं ।  आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा प्रवेश गरेको थियो । संघीयता लागूभएपछि नेपालमा  दुईवटा निर्वाचन सम्पन्न भएका छन् ।

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा र  विसं. २०७९ मंसिर ४ गते गरी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएका हुन् ।  संविधानतः हरेक पाँच वर्षमा निर्वाचन गर्नुपर्ने बाध्यता छ । त्यसैको कार्यान्वयन अनिवार्यता स्वरूप आम निर्वाचन २०७९ सम्पन्न भएको हो ।

संघीयता पछिका दुईवटा आमनिर्वाचन नियाल्दा देशले अनेक राजनीतिक घटना परिघटना व्यहोरेको छ । सबैभन्दा ठूलो सत्तारुढ दल विघटनदेखि रातारात संसद्को हत्यासम्मका घटनाले राजनीतिक क्षेत्र चर्चामै रह्यो । झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकार ढल्नेदेखि कोभिड महामारीसम्मका घटनाले राजनीतिलाई यो समयमा प्रभावित बनायो ।

परिस्थितिमा फेरबदलसँगै यो अवधिमा दलहरूको आकार र अस्तित्वमा समेत परिवर्तन आएको  छ । गत निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको नेकपा एमाले यस पटक ४४ सिटमा खुम्चिएको छ ।  नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धनमा रहेर निर्वाचनमा होमिएका कारण पनि एमाले राम्रो नतिजा ल्याउन सफल भएको मानिन्छ ।

यद्यपि २०७९ को आम निर्वाचनसम्म आइपुग्दा एमाले खुम्चिएर झण्डै आधा भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा विघटन र एमाले समेत विभाजनका कारण उसले यसपटकको निर्वाचनमा २३ गुमाएको छ । गत निर्वाचनमा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेस आम निर्वाचन २०७९ मा पहिलो शक्तिको रूपमा आएको छ ।

गत निर्वाचनमा २३ सिट ल्याएको कांग्रेसले यस निर्वाचनमा ३४ सिट थपेर ५७ सिट पुर्‍याएको छ  । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा लगायतका दलहरूसँग गठबन्धन गरेको उसले सबैभन्दा धेरै फाइदा लिएको छ ।

गत निर्वाचनमा वाम गठबन्धनका रूपमा एमालेसहित चुनाव लडेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । यस पटक कांग्रेससँग गठबन्धन गरेको भए पनि माओवादीले १८ वटा सिट गुमाउँदै १८ सिटमा खुम्चिएको छ ।

यसअघि पार्टी नै नरहेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ चौथो दलका रूपमा उदाएको छ । गत निर्वाचनपछि एमाले फुटेर नयाँ पार्टीका रूपमा अघि आएको उसले आम निर्वाचन २०७९ मा १० सिटमा जित निकालेको छ ।

यस्तै गत निर्वाचनमा अस्तित्वमै नरहेको आमनिर्वाचन २०७९ को पनि केही महिना अघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० जितेको छ । मधेशमा प्रभाव कायम गरेको जनता समाजवादी पार्टीले गत निर्वाचनमा भन्दा यस पटकको आमनिर्वाचनमा घाटा व्यहोरेको छ । उसले गत निर्वाचनमा १० सिट जितेकोमा यस पटक ३ सिट गुमाउँदै ७ सिटमा सीमित हुनुपरेको हो ।

राजतन्त्र र हिन्द राष्ट्रको एजेण्डा बोकेर जनतामा जाँदा गत निर्वाचनमा १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा  विघटनका बाबजुद पनि यसपटक ७ सिटमा जित हासिल गरेको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले गत निर्वाचनमा ११ सिट जितेको थियो । यद्यपि यस पटक उसले ४ सिट गुमाउँदै ७ सिटमा खुम्चिनु परेको छ ।  गत निर्वाचनमा अस्तित्वमै नरहेको नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।

राष्ट्रिय जनमोर्चाले गत निर्वाचनमा १ सिट ल्याएको थियो । यस पटक उक्त पार्टी १ सिटमै सीमित भएको छ । यद्यपि सिट बढाउन नसके पनि पात्र भने परिवर्तन गरेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीले गत निर्वाचनमा जस्तै यसपटक पनि एक सिटमै सीमित हुनु परेको छ ।

पहिलो पटक निर्वाचनमा निर्वाचनमा सहभागी भएको जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ । भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल विघटन भएको छ । उक्त पार्टीले गत निर्वाचनमा भने १ सिटमा जित हासिल गरेको थियो । अघिल्लो निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवार मात्र विजयी भएकोमा यस पटकको आम निर्वाचनमा भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

गत निर्वाचनपछिको राजनीतिक माहौल र यस पटकको आम निर्वाचन पछिको माहौलमा समेत निक्कै अन्तर देखिएको छ । हिजोको बहुमत प्राप्त दल यस पटक प्रतिपक्षमा बस्नुपर्ने बाध्यतामा छ भने गत निर्वाचनको तेस्रो दल यस पटक पहिलो दलका रूपमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिरहेको छ ।

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...