back
NMB ad

आज २५ मंसिर २०७९ आइतबार, यस्तो छ आजको राशिफल

Kumari bank ad

आजको पात्रो : २५ मंसिर २०७९, आइतबार । तद्नुसार डिसेम्बर महिनाको ११ तारिक २०२२ । पौषकृष्णपक्ष तृतीया, विष्टि करण, पुनर्वसु नक्षत्र, ब्रम्हा योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः४५ मा हुनेछ भने सूर्यास्त ५ः१० मा हुनेछ । आज बिहान ११ः३७ देखि १२ः१८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिनको सबैभन्दा शुभ समय हो । आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजका देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ । आजको दिन यात्रा गर्नु उत्तम रहेको छ । सवारीसाधान, जमिन खरिद विक्रीको लागि दिन उत्तम रहेको छ । आर्थिक कारोबारका लागि दिन त्यति शुभ छैन । अध्ययन, अध्यापन र कुनै नयाँ खोज, अनुसन्धान कार्यको शुरुवातको लागि आजको दिन र बार शुभ रहेको छ ।

आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसिद्धि हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राका लागि अवसर आउनसक्छ ।  धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ ।  आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुन सक्छ । चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशि भएका जातकका लागि दाम्पत्य जीवनमा विवाद हुनसक्छ । आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिनेछ । सोचअनुसारका काम हुने भएकोले मनमा खुसीयाली छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन बिहान सूर्योदयको दर्शन अवश्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातकलाई यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम  नगर्नुहोला । विवाद हुने कामबाट टाढा रहनुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन् भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । कसैलाई पनि मनमुटाव हुने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आफन्तलाई आजको दिन भेट गर्दा सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्य हद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकका लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएका कामको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले हरेक साताको आइतबार सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकका लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ । गृहस्थ कार्यहरु गर्नुहोला ।

((

वि.सं.२०७९ मंसिर २५ आइतवार ०६:२५ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...