back
NMB ad

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले प्रस्तावित लाभांश संशोधन गरेको छ । कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद .कर सहित लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले सुझाव अनुसार उक्त लाभांश संशोधन गर्दै १४.२५ प्रतिशत बोनस शेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस २९ गते, सिसारा रिसेप्सन भगवती वहाल नक्साल, काठमाडौंमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले लाभांश सहित प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीचको गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ । दुबै कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बन्ने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसकारण, पुस २१ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १२:४७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...