back
NMB ad

आज थप ५ कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यसै बीच आज पुस ८ गते शुक्रबार थप ५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनीले पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरि कुल १२.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले आगामी पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारणसभा बोलाएको निर्णय गरेको छ ।

साधना लघुवित्त
साधना लघुवित्त वित्तीय संस्थाको पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष ७८/७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

सिवाईसी नेपाल लघुवित्त
सिवाईसी नेपाल लघुवित्तको पुस ७ गते बिहीबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको ३० प्रतिशत अर्थात तीन करोड ६४ लाख ९२ हजार ५५१ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागिसमेत १.५८ प्रतिशत अर्थात १९ लाख २० हजार ६६० रुपैयाँ नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामि साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

नेपाल क्लियरिङ्ग हाउस
नेपाल क्लियरिङ्ग हाउसले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले साधारणसभा बोलाएको छ। सभा २८ गते होटेल क्राउन इम्पेरीयलमा साधारणसभा आह्वान गरेको हो।

साधारणसभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीको लगानीकर्ताको रुपमा राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्था छन् ।

नेपाल स्टक एक्सचेन्ज
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शत प्रतिशत लाभांश घोषणा गरेको छ।

नेप्सेले आफ्नो चुक्ता पूँजी १ अर्ब रुपैयाँ बराबरको शतप्रतिशत हुन आउने १ अर्ब रुपैयाँ लाभांश घोषणा गरेको हो । यस अघि बिहीबार सिडिएससिले पनि शतप्रतिशत लाभांश घोषणा गरेको थियो ।नेप्सेले पुस २९ गते साधारणसभा डाकेको छ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १८:०० मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...