back
NMB ad

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रा भन्दा सास्ती धेरै

Kumari bank ad

हेमन्त केसी,सुर्खेत । दसैं लगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जिर्ण बन्दै गएको छ ।

प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी बताउँछन् ।  धुलोका कारण कर्णाली राजमार्ग अन्तरर्गत सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेको यात्रु कालीबहादुर शाहीले बताए ।

कालिकोटको सेराबाडादेखी नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ। कालिकोटको नाग्मदेखी गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो । त्यस्तै कालिकोटको पिली, सेरीबाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो। त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ ।

दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ । त्रिदेशीय सडक भारत, नेपाल र तिब्बत (चिन) जोड्ने रणनीतिक सडक जमुनाह (बाँके) दैलेख महावु , कालिकोट, जुम्ला हुँदै मुगुको नाप्चेनाङ्गलासंगै चिन जोड्ने भन्दै सरकारले बर्सेनि बजेट भाषण गरेपनि काम हुन सकेको छैन ।

सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था विजोग भएको भएको यात्रुको आरोप छ । बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल गर्न यस क्षेत्रका सांसदले समेत माग गर्दै आएका छन् । बर्सेनी कालिकोट, जुम्ला, मुगु, हुम्ला र पश्चिम दैलेखका स्थानीय चुपचाप सास्ति खेपेरै यात्रु गर्नुपर्ने बाध्यता रहेको हुम्ला सिमकोटका रामबहादुर फडेराले बताए ।

यहाँका नेता तथा माननीयहरूको राजमार्ग सुधारका लागि पहुँच नपुग्दा यात्रुहरूले ज्यानको जोखिम मोलिरहेको फडेराले आरोप लगाए ।  सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन गरेको छैन्। राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि उस्तै छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताए । ठूलो क्षति भएकाले सुधारका कामहरू भइरहे पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ। प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ ।

वि.सं.२०७९ पुस १६ शनिवार १९:३२ मा प्रकाशित

You can share this post!

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...