back
NMB ad

सेयर नपरेको पैसा पाउनुभयो ? फिर्ता हुँदै छ है

Kumari bank ad

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले सेयर नपरेको पैसा भदौ १३ गतेदेखि फिर्ता दिने भएको छ । दिव्यश्वरीको आइपीओ बुधबार बाडफाँड गरिएको हो ।

कम्पनीले बिहीबार दिएको जानकारी अनुसार सेयर बाँडफाँड पत्र तथा सेयर नपरेको रकम फिर्ता भदौ १३ सोमबारदेखि आवेदन फारम बुझाएकै केन्द्रबाट गरिनेछ ।आवेदकले सेयर बाँडफाँड पत्र र भुक्तानी पूर्जा लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

आवेदक आफैं उपस्थित हुन नसकेको खण्डमा बाँडफाँड पत्र र भुक्तानी पूर्जा लिन जाने व्यक्तिलाई मन्जुरीनामा दिनुपर्नेछ ।आवेदक र मन्जुरीनामा पाउने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्र प्रतिलिपि पनि अनिवार्य पेस गर्नुपर्नेछ ।

दिव्यश्वरी हाइड्रोपावरले एक सय रूपैयाँ अंकित मूल्यको तीन लाख ९६ हजार कित्ता साधारण सेयर बिक्री गरेको हो ।यो सेयर ३५ हजार दुई सय ८४ जनाले पाएका छन् । अधिकतम पाउनेको हातमा ११ कित्ता सेयर परेको छ । न्यूनतम चिठ्ठा प्रणालीबाट १० कित्ता दिइएको छ ।

प्रकाशितः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार १५:५२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...