back
NMB ad

दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा

Kumari bank ad

बागलुङ । जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी पुगेको छ । नेपाल टेलिकमले टुजी र थ्रिजी सेवा विस्तार गरेको १ वर्ष पछि ढोरपाटन नगरपालिकाको वडा नं ६ मा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

सेवा सञ्चालनमा आए सँगै त्यहाँका खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय बढि घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावरबाट फोरजी सेवा उपलब्ध गराईएको नेपाल टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोवाईल डेटा मार्फत ईन्टरनेट चलाउन स्थानियलाई सहज भएको छ । यसभन्दा पहिले सूचना र सञ्चारको लागि उक्त गाउँका बासिन्दा हुलाक र कट्टवालको भर पर्नु पर्ने बाध्यता थियो ।

भौगोलिक हिसाबले विकट रहेको उक्त गाउँमा मोवाईल सेवा नहुँदा स्थानियलाई सञ्चारमा समस्या रहेको थियो । कुनै जानकारी, सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न गराउन सम्बन्धित ठाउँमै पुग्नु पर्ने बाध्यता मोवाईल सेवा पुगेपछि हटेको हो ।

केहि समय पहिले टावर सञ्चालनमा आएपछि कुराकानी गर्न र कम गतिको ईन्टरनेट चलाउने गरेका स्थानियले अहिले भनें उच्च गतिको फोरजी सेवामा रमाउन पाएका छन ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप देशैभर विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा खानीगाउँमा फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

आर्थिक हिसाबले भन्दा पनि दुरदराज र विकट बस्तीमा मोवाईल सेवा पुराउने उद्येश्यले पहिले टुजी र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याईएकोमा अहिले चौंथो पुस्ताको फोरजी सेवा सञ्चालन गरिएको उनले बताए ।

शर्माले भनें ूजिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा फोरजी मोवाईल सुचारु भए सँगै पहिले ईन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई ईन्टरनेटको पहुँचमा जोडन सफल भएका छौंू।

यो गाउँमा पहिले नेटवर्क नै थिएन अधिकांश भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि डाँडामा टावर निर्माण गरेर टुजी सञ्चालन गरेका थियौं अहिले सेवाग्राहीको आवश्यकता र समय सापेक्ष सेवा प्रदान गर्ने उद्येश्यले उच्च गतिको मोवाईल ईन्टरनेट र गुणस्तरिय भ्वाईस कलको लागि फोरजी सञ्चालन गरिएको कार्यालय प्रमुख शर्माको भनाई छ ।

टेलिकमले स्थानियबासी सँग समन्वय गरेर स्थायी संरचना निर्माण गरि मोवाईल सेवा उपलब्ध गराएको समाजसेवी रेशम बुढा मगरले जानकारी दिए । चौंथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालन भएपछि अब भनें अनलाईन मार्फत मोवाईलमै ईन्टरनेट चलाउन सहज भएको उनले बताए ।

सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने लक्ष्य अनुरुप खानीगाउँमा फोरजी सेवा पुराएको टेलिकमले जनाएको छ ।

भौगोलिक विकटता सँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न र मोवाईलमा उच्च गतिको ईन्टरनेट चलाउन पाउँदा खानीगाउँबासी खुसी भएका छन ।

वि.सं.२०७९ माघ ११ बुधवार ११:४२ मा प्रकाशित

You can share this post!

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...