back
NMB ad

सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिनेको ओइरो, आजसम्म कतिले दिए ?

Kumari bank ad

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिनेको ओइरो लागेको छ । कम्पनीको आइपीओमा १ अर्ब १९ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (माघ ११ गते) सम्ममा १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन् ।  यो मागभन्दा ६.८२ गुणा बढी आवेदन हो ।

कम्पनीले माघ ९ गतेदेखि सर्बसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गर्न गरेको हो । यसमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ।

यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

वि.सं.२०७९ माघ ११ बुधवार १७:४४ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...