back
NMB ad

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ ८ लाख ७ हजार ६९३ जना आवेदकबाट ९३ करोड १८ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिडिएसको अनुसार आज ४ बजेसम्ममा ९३ लाख १८ हजार २० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई निष्काशन गरेको १९ लाख ९२ हजार कित्ता शेयरको ४.६७ गुणा बढी हो ।

कम्पनीले माघ १३ गतेदेखि सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १० लाख कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४० हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता शेयर छुट्याएको छ। कम्पनीले बाँकि रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको हो ।

यसमा छिटोमा माघ १७ गतेसम्म र ढिलोमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

वि.सं.२०७९ माघ १५ आइतवार १८:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...