back
NMB ad

बुटवल पावर कम्पनीको खुद नाफा २६.०३ प्रतिशतले वृद्धि, अन्य कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशत बढेको छ।

बैंकहरुको मुद्दति निक्षेपमा ब्याजदर बढेका कारण यस्तो आम्दानी बढ्न पुगेको कम्पनीको विवरणमा उल्लेख गरेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४ करोड ९६ लाख रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ५ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको खुद नाफा भने २६.०३ प्रतिशत बढेर २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १८ पैसाबाट बढेर १३ रुपैयाँ ४२ पैसा पुगेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७३ गुणा रहेको छ। कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको छ।

वि.सं.२०७९ माघ २५ बुधवार १०:५१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...