काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहिबार शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउँन योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
वि.सं.२०७९ माघ २६ बिहीवार १०:१० मा प्रकाशित