back
NMB ad

महालक्ष्मी लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

Kumari bank ad

काठमाडौं । २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ ।

जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती थियो। कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नु पर्यो ।

नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेको छ । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएका छ । त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएका छ ।

कम्पनीले गत आ.व. २०७८/७९ को पुस मसान्तको तुलनामा चालु आ.व. २०७९र८० को पुस मसान्त सम्ममा चुक्ता पूँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बीमा कोषमा ५६.४ प्रतिशत, महाविपत्ति कोषमा ४४.५ प्रतिशत, कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको लागि अगाडी बढेका छ । भारतिय बीमांकी बाट सम्पत्ती दायीत्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास दिलाएको छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १६:०७ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...