back
NMB ad

ब्रोइलर कुखुराको मासुको नयाँ मूल्य लागू

Kumari bank ad

काठमाडौं । राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको नयाँ मूल्य लागू गरेको छ ।

कुखुराको माग बढे पनि उत्पादन घटेको जनाउँदै संघले शनिबारदेखि नयाँ मूल्य लागू गरेको हो । कोल्डस्टोर नयाँ मूल्य अनुसार प्रतिकिलो २ सय ८० रुपैयाँ निर्धारण भएको संघका सचिव देव गिरीले बताए ।

‘बर्डफ्लुका कारण धेरै कुखुरा नष्ट भएका छन् । किसानको उत्पादन घटेको बेला खपत भने घटेको देखिँदैन । बिहेरभोजभतेरले माग बढेकै छ,’ गिरीले भने, ‘माग बढेसँगै मूल्य पनि बढेको छ ।’ संघका अनुसार एक महिनायता मूल्य निरन्तर बढिरहेको छ ।

माघ १० गते संघले कोल्डस्टोर मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ तोकेको थियो । फागुन २ गतेदेखि फेरि मूल्य बढाएर २ सय ६० रुपैयाँ तोकियो । मूल्य बढेको ३ दिन नबित्दै संघले छ गते नै प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ७० पुर्‍याएको थियो । फागुन १३ गतेदेखि लागू नयाँ मूल्य प्रतिकिलो कोल्डस्टोर मूल्य २८० रुपैयाँ छ ।

वि.सं.२०७९ फागुन १४ आइतवार १६:५९ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...