काठमाडौं । मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन छापावाल सुन प्रतितोला १ लाख १८०० रुपैयाँ र तेजावी सुन १ लाख १३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख १८०० रुपैंया र तेजावी सुन १ लाख १५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी प्रतितोला १ हजार २५५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०७९ फागुन १६ मंगलवार १०:३८ मा प्रकाशित