back
NMB ad

नेपालको अर्थतन्त्र र पूँजी बजारसम्बन्धी अन्तर्क्रिया अष्ट्रेलियाको सिड्नीमा

Kumari bank ad

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पूँजी बजारसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशनमा नेपालको अर्थतन्त्र र पूँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा श्रोत व्यक्तिका रुपमा रहनुभएका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयामबारे सहभागीसँग अन्तर्क्रिया गर्नुभएको थियो । अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल ९सीपीए० को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।

कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए(सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेको थियो । उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको विविध परिदृश्यहरुका साथै नेपालको पूँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए ।

नेपालको पूँजी बजारमा रहेका लगानीका विभिन्न उपकरणमार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए । उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको अधिकारसहितको नागरिकता र लगानी सहजीकरणका बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा राजनीतिकबाहेक अन्य अधिकारको विषयमा भएका पछिल्ला गतिविधिहरुका बारेमा समेत पोखरेलले चिन्ता व्यक्त गरेका थिए । पोखरेलले नेपालको पूँजी बजारमा आवश्यक पर्दा एनआरएनहरुले लगानीवापतको आम्दानी सँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा समेत चासो व्यक्त गरे ।

वि.सं.२०७९ फागुन १८ बिहीवार ११:१८ मा प्रकाशित

You can share this post!

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...