back
NMB ad

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक, कुनको मूल्य कति ?

Kumari bank ad

कठमाडौं । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर यसको सार्वजनिक गरिएको हो ।

सो सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । ‘द ग्राण्ड भिटारा’ सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।

कम्पनीले सो गाडीको बिक्री समेत सुरु गरेको छ। ग्राण्ड भिटारामा सुजुकीको आफ्नै सर्टिफाइड फुटुज्म डिजाइनको प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसको बाहिरी बनावट र इन्टेरियरमा प्रिमियम डिजाइन प्रदान गरिएको छ।

ग्राण्ड भिटारामा पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फूल हाइब्रिड प्रविधियुक्त इन्जिनको प्रयोग गरिएको छ। ग्रान्ड भिटाराको ९ वटा भेरियन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसले एक लिटर इन्धनमा लगभग २८ किलोमिटर माइलेज प्रदान गर्छ। यसमा भएको हाइब्रिड भेरियन्टमा आफै चार्ज हुने र इनर्जी रिजेनेरेसन प्रविधियुक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन छ।

ग्रान्ड भिटाराको मूल्य भेरियन्ट अनुसार सुरुवाती मूल्य ६३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै सबैभन्दा टप भेरियन्टको मूल्य ८८ लाख २९ हजार रुपैयाँ कायम गरिएको छ।

यस्तै, नयाँ ब्रेजामा हाईटेक सुविधाहरू छन्। यी दुबै गाडीको इन्जिन क्षमता एउटै रहेको छ। जसमा १.५ भीभीटी हाइब्रिड इन्जिनमा उपलब्ध छ। यसैगरी, विकल्पको रुपमा ६ वटा भेरियन्ट उपलब्ध छ।

ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ।

यस्तै नयाँ ब्रेजामा भएको इन्जिनले भने एक लिटर इन्धनमा लगभग २० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ।

ब्रेजाको मूल्य भेरियन्ट अनुसार सुरुवाती मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, टप भेरियन्टको मूल्य भने ५६ लाख २९ हजार रुपैयाँ कायम गरिएको छ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार २०:०३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...