back
NMB ad

कुमारी बैंकको जीवन बीमा सुविधासहित आकर्षक योजना सार्वजनिक

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधासहितको थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुनेछ।

नेपालमै पहिलोपटक जीवन बीमा सुविधासहितकोे मुद्दति निक्षेप योजना सार्वजनिक गरेको बैंकले कुमारी जीवन बीमा मुद्दति खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दति रकम दुईगुणा हुने व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत बैंकले मुद्दति रकमबराबरको आवधिक जीवन बीमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखिको मुद्दति खाता खोल्न सक्नेछन्। सो योजनाअन्तर्गत मुद्दति निक्षेपकर्ताले अधिकतम १ करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दति रकम दुईगुणा वृद्धि हुनेछ। यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै लग्ने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०७९ चैत १ बुधवार १३:१४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...