back
NMB ad

बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा

Kumari bank ad

विशाल बस्नेत, ७ चैत्र, महोत्तरी । बर्दिवास मेडिकल कलेजको बिषयमा सर्वोच्च अदालतको अन्तिम सुनुवाइ नजिकिदै गर्दै गृह ठाउँ महोत्तरीमा भने अनेक टिक्काटिपन्नी सुरु भएका छन ।

मधेश प्रदेशको मध्यविन्दु वन्नेगरी बर्दिबास नगरपालिकामा प्रस्ताव गरिएको मेडिकल कलेजलाई लिएर स्थानिय स्तरमा नै आरोप -प्रत्यारोप बढेका हुन ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले मेडिकल कलेजका नाममा गलत अफवाह फैलाइएको वताएका छन ।

सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित वनाउने गरि नगरप्रमुख नै लागीपरेको भन्ने आरोपको प्रमुख क्षेत्रीले खण्डन गरेका हुन ।

पर्यावरण अभियन्ता देवनारायण महतोले रुखहरु काटिने कारण देखाउदै हालेको रिटमाथी सर्वोच्च अदालतले ११ फाल्गुन, २०७८ मा अन्तरिम आदेश जारी गरेको  थियो ।

त्यसपछी १५ औ पटकसम्म चलेको पेशी तारेक सकिएसगैँ अदालतले २७ चैत्रमा फैसला सुनाउदै छ । यही विचमा प्रस्तावित ठाउँमा मेडिकल कलेज वनाउन नगरप्रमुख क्षेत्रीले नै चलखेल गरिरहेको आरोप लागीरहेको वेला उन्ले यस्तो प्रष्टिकरण दिएका हुन ।

`प्रस्तावित ठाउँमा नै मेडिकल कलेज वनाउन हामीले कार्यापालिकावाट निर्णय गरिसकेका छौ ।` उन्ले भने । ` सोही निर्णयलाइ हामीले मेडिकल कलेज पुर्वाधार निर्माण आयोजनालाइ पठाइसकेका छौ ।´

पत्रकारहरुसगँको भेटमा नगरप्रमुख क्षेत्रीले प्रस्तावित जग्गाको वरपर जग्गा किनेर बसेका भुमाफियाहरुले उक्त अफवाह फैलाएको भन्दै आक्रोश ब्यक्त गरे ।

मधेश प्रदेश कै गौरव वोकेको मेडिकल कलेजलाइ प्रस्तावित ठाउँमा वनाउन नदिन केही तत्वहरु लागीपरेको वताउदै नगरप्रमुख क्षेत्रीले हैसियत मासिएको वन क्षेत्रमा नै मेडिकल कलेज वन्नुपर्ने अडान लिएका छन ।

अनुमानित ३० अर्व बजेट लाग्ने अनुमान गरिएको मेडिकल कलेज निर्माणको पारम्भिक चरणमा नै यसअघि डिपिआर देखि कार्यालय खर्चसम्म आइपुग्दा ६ करोड भन्दा बढी खर्च भैइसकेको छ ।

`मेडिकल कलेज वनाउदा पनि हामील हरित मेडिकल वनाउनुपर्छ भनेका छौ ।´  नगरप्रमुख क्षेत्रीले भने ।

रुखहरुको बदलामा नगर क्षेत्रमा १ लाख ५० हजार बिरुवा रोप्ने पनि आफुहरुले प्रतिबद्धता जनाइसकेको नगरप्रमुख क्षेत्रीको दावी छ ।

बर्दिबास नगरपालिका वडा न.४ स्थित माइस्थान सामुदायिक वनभित्र करिव ४९ हेक्टर क्षेत्रमा निर्माण प्रक्रियाको लागी डिपिआर समेत तयार भएको थियो ।

वातावरणिय प्रभाव मुल्यांकन  सकिसकेको उक्त क्षेत्रमा १ हजार ९ सय ६७ रुख काटिने उल्लेख भएतापनी डिपिआर निर्मणको लागी परामर्श सेवा प्रदायक संस्था जेभिले भने निर्माणस्थलमा २ सय पनि रुख नकाटिने उल्लेख गरेको छ ।

स्वतन्त्रवाट निर्वाचित भएकै कारण आफू राजनिती दलहरुको घेरावन्दिमा परेको नगरप्रमुख क्षेत्रीको आरोप छ । उन्ले बर्दिबासको विकासमा आफू जुनसुकै दलसगँ सहकार्य गर्ने तयार रहेको पनि वताए ।

तर विकास निर्माणका कामहरुलाइ अवरोध पुग्नेगरी कोहीपनी लाग्न नहुने र नलाग्न नगरप्रमुख क्षेत्रीले आग्रह गरेका छन ।

वि.सं.२०७९ चैत ७ मंगलवार १५:१५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...