back
NMB ad

स्थानीयले मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं। मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन १० गते आईपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्रसम्ममा आवेदन दिनुपर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षेत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ।

यस हाइड्रोपावरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ।  स्थानीय बासिन्दाले आयोजनाको कार्यालय, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वि.सं.२०७९ चैत ९ बिहीवार ११:४८ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...