back
NMB ad

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो।

बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो।

सो कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजहरू, विभिन्न संघ-संस्थाहरु लगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरूलाई समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।

साथै, बैंकले सामाजिक संजाल र वेबसाइट मार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्न, OTP, Password, PIN, CVV जस्ता संवेदनशील विवरणहरु कसैसँग पनि शेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु पनि प्रवाह गरेको छ।

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका विभिन्न बैंक शाखाहरु मार्फत बैंकिङ कारोबार, वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग लगायतका विषयहरुमा आधारभूत ज्ञान प्रदान गर्न तथा जनचेतना जगाई वित्तीय साक्षरता बढाउनका लागि साक्षरता र सचेतना कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...