back
NMB ad

पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टरको सुरुवात

Kumari bank ad

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट-इन-क्लास शोरुम र स्टेट-अफ-द-आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ ।

ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सरअशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको हो ।

नयाँ सुविधायुक्त सेवा पोखरा-बाग्लुङ राजमार्गको पस्र्याङमा अवस्थित छ । छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा छन् ।

अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने छन् ।

आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङ, सँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरुको समूह छ, जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन् । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ । सवारी साधन चलायमान गराई राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ ।

शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भन्नुभयो, ‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।

ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आइएमई मोटर्सरअशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिबद्ध छ । कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट(इन(क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ हुन् ।

आईएमई मोटर्सले विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनेछ ।

साथै, आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएचपीपीएल (भेन्चर हायर पर्चेज प्रा.लि) र नबिल बैंकसँग सम्झौता गरिसकेको छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।

नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ । देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । विगत दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।

वि.सं.२०७९ चैत १९ आइतवार १८:०८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...