back
NMB ad

६६ औं सहकारी स्थापना दिवस : बागलुङका सहकारी सुरक्षित छन्– नगर प्रमुख श्रेष्ठ

Kumari bank ad

बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताउनु भएको छ । सोमबार बागलुङमा आयोजित ६६ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले पछिल्लो समय धेरै सहकारीमा समस्या देखिएको बताउनुभयो ।

सहकारीलाई व्यवस्थित गराउनका लागि संचालक र कर्मचारीे इमान्दार पूर्वक लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । केही समयदेखि तरलता अभावका कारण धेरै सहकारीमा सामान्य समस्या देखिए पनि बागलुङका सहकारीले सेयर सदस्यलाई निरन्तर सेवा दिइरहेको बताउनुभयो ।

“सहकारी संचालकहरुको नियत खराब हुनु भएन, अहिलेसम्म बागलुङका सहकारीहरुले अनियमिता गरेको पाइएको छैन, यहाँका सहकारी र सहकारीकर्मीहरु इमान्दर भएर लाग्नु भएको छ,” प्रमुख श्रेष्ठले भन्नुभयो– “सहकारीले नाफामुलक भन्दा पनि सेवा मुलक काम गर्नु पर्छ, उत्पादन मुलक कार्यमा बढी जोड दिनु पर्छ ।”

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, राष्ट्रिय सहकारी बैंक संचालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका संचालक दीपक गौतम, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्री लगायतले बोल्नु भएको थियो ।

वक्ताहरुले सहकारीलाई व्यवसायिक रुपमा सक्षम बनाउन, आन्तरिक सुशासनलाई व्यवस्थित गराउदै आम सदस्यहरुलाई निर्धक्क कारोबार गर्ने वातावरण बनाइएको बताउनु भएको थियो ।
सहकारी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाहरु मध्ये केही व्यक्तिहरुले ऋण नतिर्नका लागि विभिन्न खाले गतिविधि गरेको प्रति इंगित गर्दै वक्ताहरुले सहकारीका सदस्यहरुले गास कटाएर गरेको वचतबाट ऋण लिएर ऋण तिर्दैनौ भन्ने गरेकोले त्यस्ताहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न, ठाउँका ठाउँ त्यस्ता व्यक्तिहरुको प्रतिवाद गर्न सहकारीकर्मीहरुलाई आव्हान गरेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिङ्गला खड्का जिसीको स्वागत र बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

स्थापना दिवसको अवसरमा सहकारी संघ संस्थाका ब्यानर सहितको ¥यालीले बजार परिक्रमा गरेका थिए । ट्राफिकचोकदेखि सुरु भएको ¥याली हल्लनचोक, लोकतान्त्रिकचोक, धौलागिरीचोक, लालिगुराँसचोक, देउरालीचोक हुँदै जोजोलोपा पार्टी प्यालेसमा गएर साभामा परिणत भएको थियो ।

वि.सं.२०७९ चैत २० सोमवार १७:१७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...