back
NMB ad

आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो

Kumari bank ad

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ । नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभिएको विद्युत् लाइन पुगेको छ ।

केन्द्रीय विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै ६ नं वडाको त्रिवेणी, छिमी मन्का र रुकुम र डोल्पाको सिमाना करबगारसम्म विस्तार हुनेछ । विद्युत् प्रशारण भएसँगै आज एक कार्यक्रमकाबीच ४ नम्बर वडाको बगेनामा ट्रान्समिटरमा बत्ती बालेर आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले विद्युत् लाइनको उद्घाटन गर्नुभयो ।

विद्युत् लाइन प्रशारण भए पनि टोलटोलमा पोलमा तार राख्ने, कस्नेलगायतका काम जारी रहेको विद्युत् प्राधिकरण रुकुम पश्चिमले जनाएको छ । वाइरिङ जडान गरिएका घरमा छिट्टै बत्ती सञ्चालन हुने र बाँकी घरमा वाइरिङ नगरेकालाई पनि छिटो वाइरिङ गर्न अनुरोध गरिएको छ ।

निर्वाचन घोषणापत्रमा भनेअनुसार दुई वर्षभित्र सबै वडाका केन्द्रसम्म केन्द्रिय लाइन विस्तार र पाँच वर्षभित्र नगरपालिकाका सबै गाउँमा विद्युतीकरण गर्ने प्रतिबद्धताअनुसार विद्युत् विस्तारको काम भइरहेको नगर प्रमुख रवि केसीले बताउनुभयो ।

वडा नं ५ मा पनि विद्युत् विस्तारको काम तीव्र रुपमा चलिरहेकाले अब वडा नं ४ र ६ का बस्तीमा विद्युत् विस्तारकार्य अगाडि बढ्नुका साथै छिमेकी जिल्ला डोल्पामा पनि विद्युत् विस्तारमा सहज हुने उहाँले बताउनुभयो । विद्युत्ले जनताको घर उज्यालोसँगै आर्थिक उन्नतिमा नगरपालिकालाई समेत सहयोग पुग्ने अपेक्षा रहेको नगर प्रमुख केसीको भनाइ छ ।

विद्युत् विस्तार भएसँगै ४ नम्बर वडाका पाँच सय ६६ घरपरिवार र ६ नम्बर वडाका पाँच सय ४६ घरपरिवार गरेर एघार सय १२ घरघरपरिवार लाभान्वित हुनेछन । विद्युत् प्राधिकरण रुकुम–पश्चिम र आठबीसकोट वितरण शाखाले संयुक्त रुपमा विद्युत् विस्तारको काम गरिरहेका छन् ।

वि.सं.२०८० वैशाख २ शनिवार १९:५५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...