back
NMB ad

प्रचण्डको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र विद्युत् आयातको सम्झौता हुँदै !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा महत्वपूर्ण छलफल गर्ने तयारी गरिएको छ । विगत २३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको सो परियोजनालाई अगाडि बढाउन नेपाल र भारत सरकारको तर्फबाट गति दिने विषयमा महत्वपूर्ण छलफल गर्ने र एउटा आधार तयार पार्ने तयारी गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेढवर्ष पहिले गर्नुभएको नेपाल भ्रमणको क्रममा पञ्चेश्वर जलविद्युत् आयोजनाको विषयलाई प्रमुख प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउने बचन दिनुभएपछि आयोजनाले केही गति लिएको हो ।आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) वापकोषले तयार पारेको सन्दर्भमा त्यसलाई दुवै देशका सरकारले आवश्यक पृष्ठपोषणसहित अन्तिम रुप दिनुपर्नेछ । गत असारमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले आयोजनाको डिपिआर तत्काल तयार पार्ने र आवश्यक सुझाव समेत दिने निर्णय गरेको थियो ।

तर दुवै मुलुकका तर्फबाट हालसम्म डिपीआरको विषयमा कुनै पनि सुझाव प्राप्त नभएको सन्दर्भलाई ख्याल गर्दै एक महिनाभित्र त्यसलाई पूर्णता दिइने बताइएको छ । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले पञ्चेश्वर जलविद्युत् आयोजनाका सन्दर्भमा यस पटकको भ्रमणमा महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गर्नुभयो । पञ्चेश्वर जलविद्युत् आयोजनालाई गति दिन नेपाल र भारत दुवैले विशेष गति दिनु जरुरी रहेको विषय नै भ्रमणको प्रमुख एजेण्डा हुनसक्ने सचिव घिमिरे बताउनुहुन्छ ।

परामर्शदाता वापकोषले तयार पारेको डिपिआरमा आवश्यक संशोधन, सुझाव एवम् परामर्शलाई समयमै सकाउनुपर्ने आवश्यकता देखिएको छ । प्राधिकरणका कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङ पनि डिपिआरको विषय टुङ्गो लागेको खण्डमा आयोजना अगाडि बढ्न सहज हुने बताउनुहुन्छ ।

नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलमा सो विषयले प्रमुख प्राथमिकता पाउने अपेक्षा राख्दै गुरुङले भन्नुभयो “दुवै मुलुकले आवश्यक सुझावसहित डिपिआरलाई पूर्णता प्रदान गरेको खण्डमा आयोजना पूर्णरुपमा अगाडि बढ्न सक्थ्यो ।” कुल ६ हजार ६९० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो पटक आयोजनाको क्षमता घटाइएको छ । नेपालतर्फ कञ्चनपुर र भारतको केही भू–भागमा समेत सिंचाइ सुविधा उपलब्ध गराउने सो आयोजना विगत २३ वर्षदेखि अगाडि बढ्न सकेको थिएन ।

प्रकाशितः २०७३ भदौ २८

वि.सं.२०७३ भदौ २८ मंगलवार १६:३६ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...