back
NMB ad

खरबुजाको व्यापारबाट मनग्य आम्दानी

Kumari bank ad

दाङ । लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका किसान महिलाको हिजोआजको दैनिकी हो ।

यी किसान महिला लमही– गढवासडक खण्डको छेउमा खरबुजा र तरकारी बिक्री गर्न लस्करै बसेका हुन्छन् । राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरुले विभिन्न जातका तरकारी उत्पादन गरेका छन् । तरकारीका साथसाथै यतिबेला ति किसानका बारीमा खरबुजा लटरम्म फलेका छन् । पुस महिनामा रोपेको यो फल चैतमा तयार हुन्छ ।

लमही नगरपालिका–४ ठूलो घुम्नाका किसान देवकुमारी चौधरीले दुई कट्ठा जमिनमा बगरखेती गर्नुभएको छ । उहाँको बगर खेतीमा एउटै खरबुजा आठ किल्लोसम्म तौल भएको फलेको छ । उहाँले रु ४० प्रतिकिलोका दरले बिक्री गरिरहनु भएको छ । “अघिल्लो वर्ष ३५ हजार जति आम्दानी गरेको थिए, यो पटक हेरौँ कति हुन्छ”, उहाँले भन्नुभयो ।

सडक छेउमा बसेर व्यापार गर्ने यहाँका किसानले तरकारीको एउटै मुल्य तोक्ने गरेका हुन्छन । सडकको छेउमा बसेर कम्तिमा पनि तीनहजार देखि माथि आम्दानी गर्ने गरेको किसान हरिलाल चौधरीले बताउनुभयो । एक घर परिवारले आठदेखि १० कट्ठा सम्ममा बगर खेती गर्ने किसानहरु पनि छन् । उनीहरुले मङ्सिर देखि चैत महिनासम्म बगर खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

मलिलो माटो भन्दा बालुवाको मात्रा बढी भएको जमिनमा यो ‘हिनौना’ फल्ने गर्छ । थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्रायः थारु समुदायका किसानले यो खेती गर्ने गर्दछन । बालुमामा फल्ने भएकोले सिँचाई भने अलि बढी गर्नुपर्ने किसानको अनुभव छ ।

ठूलो घुम्नाकै पुतली चौधरीले खरबुजा बिक्री गरेर अघिल्लो वर्ष रु १० हजार आम्दानी गरेको बताउनुभयो । ठूलो घुम्नामा झन्डै दुई सय घरधुरी किसानले बगरमा तरकारी र खरबुजा खेती गरेका छन् । राति अन्य गाउँबाट मान्छेहरु आएर चोरेर लग्दिने भएकोले खरबुजाको मौसम नसकिँदासम्म स–साना झुप्रो बनाएर पुरुष भने बगरमै सुत्ने गर्दछन् ।

वि.सं.२०८० वैशाख १३ बुधवार १३:४७ मा प्रकाशित

You can share this post!

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...