back
NMB ad

उपभोक्ता ठग्नेलाई २० लाख जरिवाना १० वर्ष जेल !

Kumari bank ad

काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा आपूर्तिमन्त्री दीपक बोहराले भने, “उपभोक्ता हितसम्बन्धी अब बन्ने नयाँ कानुन कडाभन्दा कडा हुनेछ,” मन्त्री बोहराले भने, “आर्थिकका साथै सामाजिक रुपमा समेत कडा दण्डसजायको व्यवस्था उक्त कानुनमा हुनेछ । कम्तीमा पनि १० लाखदेखि २० लाखसम्म आर्थिक जरिवाना र १० वर्षको जेल सजायको व्यवस्था गर्ने हो भने कसैले कानुन बाहिर जाने हिम्मत गर्दैनन् ।”

पछिल्लो १५ दिनमा एकै ठाउँबाट ३४ लाखसम्मको म्याद नाघेका सामान नष्ट गरेको बताउँदै मन्त्री बोहराले अहिलेसम्म ४०७ जनालाई कारबाही समेत गरिसकेको जानकारी दिए ।

उनले मूल्यवृद्धिरहित दशैं हुने पनि बताए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले संविधानले उपभोक्ताको मौलिक हकको ग्यारेन्टी गरेको बताउँदै उपभोक्ता हित विपरित कार्य गर्नेलाई कानुनी कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई आफ्नो अधिकारबारे झकझकाउने, व्यवसायीलाई प्रोत्साहित र खबरदारी गर्ने कामलाई निरन्तरता दिँदै आएको बताए । कार्यक्रममा मञ्चका मकवानपुर र सुनसरी शाखालाई सराहनीय कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।

यसैगरी दुग्ध विकास संस्थान, सिताराम दूध उद्योग, अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार राजेश बर्मा, सगरमाथा टेलिभिजनका जीतेन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः२०७३ भदौ २८

वि.सं.२०७३ भदौ २८ मंगलवार २१:५५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...